मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

चीन र भारतबीच सीमा विवाद चर्केको बेला सी जीनफिङले सेनालाई दिए युद्धका लागि तयार रहन आदेश

चीन र भारतबीच सीमा विवाद चर्केको बेला सी जीनफिङले सेनालाई दिए युद्धका लागि तयार रहन आदेश

असोज २९ काठमाडौं – भारत र चीनबीच पूर्वी लद्दाखमा सिमा विवाद चर्किंदै गएको छ। उक्त क्षेत्रमा पटक पटक दुइ देशका सेनाबीच झडप समेत भएको छ।

यसैबीच चीनका राष्ट्रपति सी जीनफिङले सैन्य तालिम बलियो बनाउन र युद्धका लागि तयार रहन सेनालाई आदेश दिएका छन् ।

चिनियाँ जनमुक्ति सेनाको मरिन कोर्प्सको निरीक्षण भ्रमणका क्रममा सीले सैनिकहरूलाई यस्तो आदेश दिएको चीनको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ।

भारत र चीनका सैनिकबीच जूनमा गलवान घाटीमा झडप भएको थियो जसमा २० भारतीय सैनिकको मृत्यु भएको थियो ।

– एजेन्सी

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend