शुक्रबार, जेष्ठ ३० २०८२

शुक्रबार, जेष्ठ ३० २०८२

दशैँमा घर गएकालाई काठमाडौं फर्कन रोक लगाउने प्रस्ताव

दशैँमा घर गएकालाई काठमाडौं फर्कन रोक लगाउने प्रस्ताव

असोज २९ काठमाडौं – सरकारले कोरोनाभाइरस संक्रमितको संख्या ३ लाख नाघ्ने आँकलन गरेको छ । दशैँमा सहरबाट गाउँ जानेले संक्रमण फैलाउने अनुमान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छ । ‘अवस्थाबिग्रिए बढीमा ३ लाख २० हजार संक्रमित पुग्ने अनुमान गरेका छौँ,’ मन्त्रालय स्रोतले भन्यो, ‘अवस्था सामान्य हुँदा पनि १ लाख ८० हजार नाघ्छ ।’ अधिकतम संख्या कहिले पुग्छ भन्ने मन्त्रालयले खुलाएको छैन ।

स्वास्थ्य मन्त्रालयका अनुसार बुधबारसम्म १ लाख १७ हजार ९ सय ९६ लाई कोरोना पुष्टि भइसकेको छ ।

केहीले दसैँमा घर जान दिएर उपत्यकामा भीडभाड कम गर्न दिने र फर्कन रोक लगाउनुपर्ने प्रस्तव पनि राखेका छन् । ‘दशैँमा मान्छे बच्चा डोर्याएर भए पनि घर जान्छन् । कर्फ्यू नै लगाए पनि कार्यान्वयन हुन सक्दैन,’ गृहमन्त्रालयका उच्च तहका कर्मचारीले भने, ‘ अब लकडाउन र सिल सम्भव छैन ।’ आजको कान्तिपुर राष्ट्रिय दैनिकमा समाचार छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend