शुक्रबार, जेष्ठ ३० २०८२

शुक्रबार, जेष्ठ ३० २०८२

“भारतीय सेनाप्रमुखलाई नेपालमा स्वागत नगरौं”:सामाजिक सञ्जालमा चल्यो ट्रेण्ड

“भारतीय सेनाप्रमुखलाई नेपालमा स्वागत नगरौं”:सामाजिक सञ्जालमा चल्यो ट्रेण्ड

असोज २९ काठमाडौं – भारतीय सेनाप्रमुख मनोज मुकुन्द नरावणेको नेपाल भ्रमणको तयारी भइरहेका बेला उनलाई नेपालमा स्वागत नगरौं भन्दै सामाजिक सञ्जालमा ट्रेण्ड नै चलेको छ। नेपालको सार्वभौमिकता र अखण्डता माथि धावा बोलेको भन्दै नरावणेको नेपाल भ्रमणको विरोध गरिएको छ।

नेपालको सम्बन्धमा कुटनैतिक मर्यादा बाहिर गएर अभिव्यक्ति दिएकोले उनको नेपाल भ्रमण रोक्नुपर्ने माग सामाजिक सञ्जालमा ब्यापक रुपमा उठेको छ। सञ्जालमा नरावणेले नेपालको सार्वभौमिकतामाथि खलल पुर्याएको भन्दै युवाहरुले आक्रोश पोखेका छन्।

नेपालि भुमि मिच्ने देशको सेनापति लाई प्रधानसेनापतिको मानार्थ उपाधि दिन नहुने र तुरुन्त हस्तक्षेप गरेर रोक्न प्रधानमन्त्री केपी ओलीलाई आग्रह समेत गरेका छन्।

नरावणे कात्तिकको तेस्रो साता तीन दिने नेपाल भ्रमणमा आउने भएका छन् । नेपाल र भारतका सेनाप्रमुख एकअर्काको देशमा मानार्थ सेनाप्रमुख हुने परम्पराअन्तर्गत नेपाली सेनाको मानार्थ महारथीको सम्मान ग्रहणका लागि उनी नेपाल आउन लागेका हुन् । नेपाल भ्रमणका क्रममा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले मानार्थ महारथी दर्जा प्रदान गर्नेछिन् ।

भारतले नेपालको भूभाग लिपुलेकमा सडक निर्माण गरेको विषयमा नेपालले विरोध जनाउँदा सेनाप्रमुख नरावणेले नेपाल अरूकै स्वार्थमा विरोधमा उत्रिएको बताएका थिए ।

1.PNG

2.PNG

3.PNG

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend