मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

३ हजार ७४९ जना कोरोना संक्रमित थपिए

३ हजार ७४९ जना कोरोना संक्रमित थपिए

असोज २९ काठमाडौं – पछिल्लो २४ घण्टामा थप ३ हजार ७४९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ। १६ हजार ५९८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

काठमाडौं उपत्यकामा मात्रै १९ सय ३५ जनामा कोरोना संक्रमण देखिएको छ । उपत्यकाको काठमाडौं जिल्लामा १६ सय ९२ जना, ललितपुरमा एक सय आठजना र भक्तपुरमा एक सय ३४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले २४ घन्टामा ३५६४ जना संक्रमणमुक्त भएको जानकारी दिए।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend