logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • डिएसएलआर सेवाले ल्यायो मोबाइल एप: अब अनलाइनबाटै लिनुहोस् सेवा

    डिएसएलआर सेवाले ल्यायो मोबाइल एप: अब अनलाइनबाटै लिनुहोस् सेवा

    3.8K
    Shares

    चितवन – डिएसएलआर सेवा प्रा.लि. ले मोबाइल एप्लिकेसन लञ्च गरेको छ । फोटोग्राफी पेशालाई फरक तरिकाले अघी बढाउनका लागि डिएसएलआर सेवाले ‘डिएसएलआर सेवा अनलाइन’ नामक आफ्नै मोबाइल एप्लिकेसन लञ्च गरेको हो। 

    फोटोग्रापी पेशालाई व्यवस्थित तरिकाले अघी बढाउनका लागि मोबाइल एप्लिकेसन लञ्च गरिएको डिएसएलआर सेवाका प्रवन्ध निर्देशक सन्तोष कुँवरले बताए । उक्त एप्लिकेसन एन्ड्रोएड मोबाइल प्रयोगकर्ताहरुले प्ले स्टोरबाट सजिलै डाउनलोड गरेर सेवा लिन सक्नेछन् ।

    उक्त एप्लिकेसनद्धारा सेवाग्राहीहरुले अनलाइनबाट सजिलै फोटोग्राफी सेवा लिन सक्ने कुवँरको भनाइ छ । सेवाग्राहीहरुले एपको माध्यमबाट आफुले चाहेको मुल्य, समय, स्थान र क्यामेराबाट सेवा लिन सक्ने उनले बताए । एपमा मुल्यसुची, उपकरण लगायतका सबै फिचरहरु समावेश रहेका छन् । ‘हाम्रो एपमा मुल्यसुची, उपकरण लगायतका सबै फिचरहरु समावेश छन् उनले भने, एपकै माध्यमबाट सेवाग्राहीहरुले आफुले चाहेको मुल्य, समय, स्थान र क्यामेराबाट सेवा लिन सक्नेछन् ।’ फोटोग्राफी क्षेत्रमा नै यो नयाँ प्रयोग भएको उनले बताए ।

    अहिले एन्ड्रोएड प्रयोगकर्ताहरुका लागि मात्र उपलब्ध उक्त एप निकट भविष्यमा आइओएस प्रयोगकर्ताहरुका लागि पनि उपलब्ध हुने सञ्चालक सन्देश कुँवरले जानकारी दिए । उनका अनुसार उक्त एकको माध्यमबाट सेवाग्राहीहरुले ५ सय रुपैँया भन्दा माथिको सेवा सजिलै लिन सक्नेछन् ।

    फोटोसुटका लागि चर्को मुल्य र उत्सव नै हुनुपर्छ भन्ने सोचलाई चिर्न एपले मद्त पुग्ने उनको विश्वास छ । ‘फोटोसुट भनेपछि चर्को मुल्य र उत्सव नै हुनुपर्छ भन्ने सोच छ उनले भने, त्यस्तो सोचलाई चिर्दै स-सना क्षणहरुलाई पनि सजिलै र कैद गर्न सकिन्छ भभन्ने सोचका साथ हामीले नयाँ प्रयोग गरेका हौं । यसले एक त कम मुल्यमा नै सेवा लिन सहयोग मिल्छ सँगै समयको बचत पनि हुन्छ ।’ यसले फोटोग्राफी पेशालाई थप व्यवसायीक बनाउन सहयोग पुग्ने विश्वास रहेको उनको भनाइ छ ।

    डिएसएलआर सेवाले यस अघी नारायणी नदी किनारबाट सेवा दिदै आएको थियो । नारायणी नदी किनारमा डिएसएलआर सेवाले सुरु गरेको व्यवसायीक फोटोग्राफी पेशाको सिको गर्दै अहिले २ दर्जन बढी युवाहरुले सोही स्थानबाट सेवा दिदै आइरहेका छन् । एक लाखको लगानीबाट शुरु भएको डिएसएलआर सेवाले अहिले करिब १४ लाखको लगानीमा उक्त व्यवसाय सञ्चालन गर्दै आइरहेको छ । डिएसएलआर सेवामा अहिले ६ जनाले रोजगारी समेत पाइरहेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend