
असोज ३० काठमाडौं – नेपाल प्रहरीले ठुलो संख्यामा प्रहरी जवान पदका लागि दर्खास्त आह्वान गरेको छ। पाँच हजार दुई सय २७ जना नयाँ जवानका लागि दर्खास्त आह्वान प्रहरीले गरेको छ ।
खुलातर्फ दुई हजार आठ सय १७ कोटा र बाँकी समावेशीतर्फ छ ।
कसरी भर्ने आवेदन ?
आगामी कात्तिक १६ देखि मंसिर २३ गतेभित्र इच्छुक नेपाली नागरिकले फाराम भरिसक्नुपर्ने प्रहरी प्रधान कार्यालयले प्रकाशन गरेको सूचनामा उल्लेख छ । आवदेन ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट दिन सकिनेछ ।
योग्यता – कक्षा आठ वा सोसरह पास गरेकाले फाराम भर्न पाउने सूचनामा उल्लेख छ । १८ वर्ष पूरा भई २३ वर्ष ननाघेको हुनुपर्नेछ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend