मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

काँग्रेस नेता प्रकाशमान सिंह भन्छन सरकारले आफ्नो भुमी समेत दाबी गर्न सकेन !

काँग्रेस नेता प्रकाशमान सिंह भन्छन सरकारले आफ्नो भुमी समेत दाबी गर्न सकेन !

कात्तिक १,काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले आफ्नो भूमिसमेत दाबी गर्न नसकेको बताएका छन् ।नागार्जुन नगरपालिकाले स्युचारटारमा निर्माण गरेकाे ‘ओपन फिटनेस पार्क’  काे उद्घाटन गर्दै शनिबार उनले सरकारकाे परराष्ट्रनीति असन्तुलित देखिएकाे बताए। नेपाली भूमि अतिक्रमणबारे बुझ्न गएकाे सरकारी टाेली नपुग्दै परराष्ट्रमन्त्रीसमेत रहेका सरकारका प्रवक्ताले भूमि मिचेकै छैन भनेर अपरिपक्व अभिव्यक्ति दिएकाे भन्दै उनले यस्ताे बताएका हुन् ।

‘आफ्नाे राष्ट्रकाे भूभाग संरक्षण  गर्दै सरकारले सुरक्षा दिन सक्ने कि नसक्ने जस्ताे भान जनतालाई भइरहेकाे छ। याे दुर्भाग्य हाे ‘, उनले भने । त्यस्तै उनले अहिले ठूला भ्रष्टाचार काण्ड भएकाे भन्दै त्यसकाे निष्पक्ष छानबिनकाे पनि माग गरे । जतिसुकै ठूलाे नेता भए पनि भ्रष्टाचारमा संलग्न भए उन्मुक्ति दिन नहुने उनकाे भनाइ छ। 

नेता सिंहले करिब दुई तिहाई बहुमत नजिककाे वर्तमान सरकार सुशासन र शान्तिसुरक्षा दिन पनि असफल भएकाे बताए। काेराेना महामारीका बेलामा पनि सरकार मेडिकल सामग्री खरिद भ्रष्टाचारमा स‌ंलग्न भएकाे भन्दै सरकार भ्रष्टाचारमा लिप्त रहेकाे आराेप लगाए। 

कार्यक्रममा मेयर माेहनबहादुर बस्नेतले स्युचाटारले प्रजातन्त्र स्थापनाका लागि कलंकीकाे माेर्चामा संघर्ष गर्दै बलिदान दिएकाे स्मरण गर्दै याे ठाउँमा नमूना विकास गर्ने बताए। 

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend