
कात्तिक २ काठमाडौं – पुर्वगृहमन्त्री एवं प्रतिनिधि सभा सांसद जनार्दन शर्मा ‘प्रभाकर’ले सांसदलाई दशैं भत्ता दिनु भन्दा भेन्टिलेटर किन्न सुझाव दिएका छन्। कोरोनाको महामारी अहिलेको मुख्य समस्या भएको भन्दै शर्माले सांसदलाई भत्ता दिनुभन्दा स्वास्थ्य उपकरण किनेमा थोरै भएपनि सहयोग हुने बताएका हुन्।
सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै उनले यस्तो बताएका हुन्। साथै शर्माले दशैं भत्ता स्वरूप आएको रकम कालिकोटका पुर्ब जनमुक्ति सेनाका योद्धा नरेन्द्र बोहराको उपचारका लागि हस्तान्तरण गर्ने बताएका छन।
उनले लेखेका छन्, ‘कोरोनाको महामारी हाम्रो मुख्य समस्या हो । यस्तो बेला दशैं भत्ता सांसदलाई दिनु भन्दा भेन्टिलेटर किनाैं । दशैं भत्ता स्वरुप आएको रकम कालिकोटका पुर्ब जनमुक्ति सेनाका योद्धा नरेन्द्र बोहरालाई भेन्टिलेटरमा राखी उपचार गर्नु परेकोले उहाँलाई हस्तान्तरण गर्दछु ।’
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend