शुक्रबार, जेष्ठ ३० २०८२

शुक्रबार, जेष्ठ ३० २०८२

खशी बोका बेचेरै १० करोड भन्दा आम्दानी गर्दै किसान !

खशी बोका बेचेरै १० करोड भन्दा आम्दानी गर्दै किसान !

यस वर्षको बडा दशैँमा धादिङको शिद्धलेक गाउँपालिकाका किसानहरुले दश करोडभन्दा धेरै रकम खसी बोका विक्रिबाट गाउँ भित्र्याउने तयारी गरेका छन ।

गत बर्षको दशैँमा खसी बोका बिक्रिबाट दुई करोड पचास लाख रुपैया गाँउभरिका किसानहरुले आम्दानी गरेकोमा यस बर्षको आम्दानी ह्वात्तै बढ्ने उनीहरुको दाबी छ हो ।

किसानहरुले समुहगत रुपमा मिली महिला शहकारी मार्फत घर-घरमा बाख्रा पाल्दै आएका छन् ।

एक हजार तीन सय पचास घर परिवार किसानहरुले यस वर्षको बडा दशैँका लागि पाँच हजार दुई सय सत्तरी खसी बोका विक्रि गर्न  तयार पारेका छन् ।

खसी बोकाहरु पच्चिसदेखि पैंतिस किलोग्रामसम्मका छन् भने  जिउँदो प्रतिकिलो ५ सय ५० देखि ६ सयसम्ममा  बिक्री गर्ने निर्णय पनि उनीहरुले गरेका छन । सबै खसी बोका शहकारीमार्फत बजारीकरणको ब्यवस्था मिलाइएको छ ।

दशैँका लागि पालिएका खसी बोका विक्रि नहुने हो कि भन्ने चिन्त्तामा रहेका धादिङका किसानहरु अब भने यो समस्या नहुनेमा विश्वस्त छन ।

दशैं नजिकिँदै जाँदा खसी बोका किन्नका लागि ब्यापारीहरु गाउँ गाँउमा आउन थालेका  र शहकारीले बजारीकरणका लागि सहजिकरण गरेपछि किसानहरु ढुक्क भएका हुन् ।

खासगरी, बाख्रा पालनको पकेट क्षेत्र बनाइएको शिद्धलेक गाउँपालिकामा किसानहरुले यो वर्ष गत बर्षभन्दा निकै राम्रो आम्दानी गर्ने भएका हुन् ।

घाँसमा आधारित बाख्रापालन अहिले यहाँका किसानहरुका लागि आम्दानीको उत्तम श्रोत भएको किसानहरु बताउँछन ।

थोरै संख्यामा खसी बाख्रा पाल्दै आएका किसानहरुले पनि यस वर्ष दुई लाखदेखि दुईलाख पचास हजारसम्म आम्दानी गर्ने किसानहरुको भनाइ छ ।

कृषि क्षेत्रमा काम गर्दे आएका विभिन्न  गैर सरकारी संस्थाहरुले धादिङको यो क्षेत्रमा बाख्रा पाल्दै आएका किसानहरुलाई आधुनिक र बैज्ञानिक बाख्राको खोर ब्यवस्थापनका साथै घाँस खेती गर्न सहयोग गर्दै आएको छन।यसका साथै किसानहरुलाई माउ बाख्रा समेत निःशुल्क वितरण गर्ने गरिएको छ ।

 

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend