
कात्तिक २ काठमाडौं – पछिल्लो २४ घन्टामा २९ सय ४२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
१४ हजार आठ सय ७५ जनाको नमुना परीक्षण गरेकोमा उनीहरुलाई संक्रमण देखिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसमेत देशभर हालसम्म संक्रमित हुनेको संख्या एक लाख ३२ हजार दुई सय ४६ पुगेको छ ।
आज २३ सय २६ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । कुल ९२ हजार एक सय ६६ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend