शुक्रबार, जेष्ठ ३० २०८२

शुक्रबार, जेष्ठ ३० २०८२

कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय: सर्वसाधारणलाई माफियाबाट लुटाउने खतरनाक खेल !

कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय: सर्वसाधारणलाई माफियाबाट लुटाउने खतरनाक खेल !

कार्तिक ३ काठमाडौँ, सरकारले अब कोरोना संक्रमितले आफ्नो उपचार आफ्नै खर्चमा गर्नुपर्ने निर्णय गरेपछि व्यापकरुपमा जनताको तहबाट सरकारको यस निर्णयको बिरोध भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस सहित नागरिक समाज तथा विभिन्न क्षेत्रका स्वतन्त्र व्यक्तिहरुले सामाजिक संजालमा बिरोध गरेका छन् । यसैसन्दर्भमा राजनीतिक विश्लेषक भरत दाहालले सरकारले उपचार नगर्ने निर्णय माफियाहरुले दलालहरुलाई कमिशन ख्वाउनेदलालहरुले सर्वसाधारणलाई माफियाबाट लुटाउने खेल भएको टिप्पणी गर्दै आफ्नो फेसबुक स्टाटस  लेखेका छन् 

विदेशी दुताबास र माफियाहरुले चलाएको सत्तामा नियम कानूनको बहस गर्नेहरुको उद्देश्य मानिसहरुलाइृ गुमराहमा राखेर रुमल्याउनु मात्र हो। सर्वोच्च अदालतको निर्णय विपरित ओली सरकारले कथित कोरोना उपचार व्यक्ति आफैले गर्नु पर्ने भनि सुनाएको आदेशलाई सर्वोच्चको निर्णय विपरित भनेर गरिएको टिप्पणी नै हास्यास्पद छ। दलका कोटामा गठन गरिएको सर्वोच्च अदालतभन्दा ओली गिरोह सर्वोच्च ट र ओली गिरोहभन्दा त्यसलाई चलाउने माफिया गिरोह सर्वोच्च छ। माफिया गिरोहले कमिशन पेलेर मानिसहरुलाई लुट्नका लागि कोरोना आतंक फैलाएको छ। माफिया मालिकहरुको लुटलाई ब्यापक बनाउन छाडेर कमिशन खाईसकेका अपराधिहरुले निशुल्क उपचार गर्छन् ?

अपराधिहरुको लुटको भागबण्डा स्पष्ट छ। सत्तामा बसेका अपराधिहरुलाई पैसा दिएर माफियाहरुले नक्कली आँकडा प्रचार गरेर पिसिआर, भ्याक्सीन लुटका लागि कोरोना आतंक फैलाउन लगाउने र राज्यलाई नागरिकहरुको उपचारबाट विमुख गराएर माफियाहरुले सर्वसाधारण लुट्ने। कोरोना नियन्त्रणको नाममा विश्व स्वास्थ्य संगठन र अन्य माफिया गिरोहहरुबाट १५० अर्बभन्दा बढी रकम आईसकेको छ। त्यो रकम सबै आफुले खाने र त्यस बापत माफियाहरुलाई लुटको बाटो खोल्ने बनिबनाउ योजनामा अपराधिहरुको आदेश जारी गरिएको कुरा बुझ्न कुनै समस्या छैन। एउटै व्यक्तिलाई महिनैपिच्छे पिसिआर गराउने र भ्याक्सीन भिडाउने योजना बनेको छ।

https://www.facebook.com/bharat.dahal.121/posts/1406300772908612

त्यस्तै लेखक/साहित्यकार खगेन्द्र संग्रौलाले सबैथोक जनता आफैंले गर्नुपर्ने भए सरकार किन चाहियो, सरकारलाई कर किन तिर्ने ? प्रश्न गर्दै संग्रौलाले लेखेका छन् 
 ‘जनताले सबैथोक आफैं गर्नपर्ने भए यो सरकार किन चाहियो? प्रवक्ताको यो ट्याउँट्याउँ रटान किन चाहियो? सबै आफैं गर्नुपर्ने भए सरकारलाई नागरिकले कर किन तिर्ने? अब चर्को बोल्ने बेला भएन र, मान्यवर?’

त्यसैगरी नेपाली काँग्रेसका नेता गगन थापाले पनि कोरोना संक्रमितले आफ्नो उपचार आफ्नै खर्चमा गर्नुपर्ने निर्णय गरेपछि पूर्वस्वास्थ्यमन्त्री गगन थापाले आक्रोश ब्यक्त गर्दै लेखेका छन् 

 ‘स्वास्थ्य मन्त्रालयको पछिल्लो निर्णय : कोरोना संक्रमितले आफ्नो उपचार आफैं गर्नू’ शीर्षकमा सांसद थापाले ट्विटरमा लेखेका छन्, ‘यसरी हरेक दिन खुद्राखुद्रामा यस्तो निर्णय गर्नुभन्दा बरु सीधै भनिदिनुस्, सरकार स्वयं संक्रमित भएर आइसोलेसनमा रहेकाले अब उप्रान्त संक्रमितको संख्या गन्नेबाहेक थप केही नगर्ने जानकारी गराइन्छ!’

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend