मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

मदिराले लठ्ठ भएर गाउँपालिकाको गाडी तोडफोड, प्रहरी चौकीमा समेत आक्रमण

मदिराले लठ्ठ भएर गाउँपालिकाको गाडी तोडफोड, प्रहरी चौकीमा समेत आक्रमण

कात्तिक ३ काठमाडौं – मदिरा सेवन गरेर मातिएका एक जनाले हुम्लाको ताँजाकोट गाउँपालिकाको गाडी तोडफोड गरेका छन् । पार्किङ्ग गरेर राखिएको गाउँपालिकाको गाडी तोडफोड गरिएको छ ।

छिमेकी जिल्ला बाजुराको हिमाली गाउँपालिका ४ का लक्ष्मण मल्लले मदिराको मातमा शनिबार अपराह्न गाडी तोडफोड गरेको गाउँपालिका उपाध्यक्ष मञ्जु बुढाले जानकारी दिनुभयो । मदिराले लठ्ठ मल्लले कर्णाली प्रदेश ००१ झ ००९७ नम्बरको गाडी तोडफोड गरेको बताइएको छ । गाउँपालिका वडा नं २ महिला खोलामा पार्किङ गरेर राखिएको गाडी मदिराले मातिएका मल्लले ढुङ्गा प्रहार गरी सिसासहित अन्य भाग फुटाएका हुन् । 

मल्लसँग गाउँपालिकाको कुनै रीसइबी र चिनजानसमेत नभएको तर गाउँपालिका नजिकैको सडकमा पार्किङ गरिएका ठाउँमा एक्कासि आएर तोडफोड गरेको उपाध्यक्ष बुढाले बताउनुभयो । मदिराका मातमा रहेका मल्लले छप्रेला प्रहरी चौकीमा रहेका दुई कुर्सीसमेत भाँचेको जानकारी प्राप्त भएको छ ।

अभियुक्त मल्ललाई छप्रेला र मैला प्रहरीचौकीले नियन्त्रणमा लिएर सरदुकाम सिमकोट ल्याउँदै गरेको उपाध्यक्ष बुढाले जानकारी दिनुभयो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend