
कात्तिक ३ काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका युवा नेता तथा गुल्मी २ का प्रतिनिधिसभा सांसद गोकर्ण बिष्टले दशैं भत्ता संसद सचिवालयलाई फिर्ता गरेका छन। संसद सचिवालयलाई पत्र लेख्दै सांसद बिष्टले भत्ता रकम फिर्ता गरेका हुन्।
आम नागरिकले रोग र भोकसंग जुधिरहेको संकटपूर्ण घडीमा अनावश्यक खर्च र कतिपय सुविधा समेत कटौती गरेर जनताको उपचारमा केन्द्रित हुनुपर्ने भन्दै बिष्टले सांसदको हैसियतले दशैं खर्चको नामना सुबिधा लिने कुरा सामाजिक न्यायका हिसावले पनि उचित नहुने उनको भनाइ छ।
भत्ता वापत प्राप्त रकम जनताको दुखमा थोरै भए पनि राहत होस् भन्ने हेतुले आफुले फिर्ता गरेको उनले स्पस्ट पारेका छन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend