
कात्तिक ३ काठमाडौं – खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दसैंका लागि आजदेखि खसी-बोका बिक्री सुरु गरेको छ ।
दशैंलाई लक्षित गरी थापाथलीस्थित बिक्री केन्द्रबाट सोमबार बिहान ८ बजेदेखि खसी–बोका बिक्री सुरु गरिएको हो।
यस वर्ष १६ सय खसी-बोका बिक्री गर्ने लक्ष्य कम्पनीले राखेको छ । विगतका वर्षहरुमा च्याङ्ग्रा पनि बेच्दै आएको कम्पनीले यस वर्ष भने च्याङ्ग्रा नबेच्ने भएको छ । च्याङ्ग्रा नपाएका कारण यस वर्ष बेच्न नपाइएको कम्पनीले जनाएको छ।
कम्पनीले जिउँदो खसी तथा बोका प्रतिकिलो ५६० रुपैयाँ तोकेको छ । जसमा प्रतिकिलो १० रुपैयाँ छुट दिएर ५ सय ५० रुपैयाँमा खसी–बोका बिक्री गरिने बताइएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend