मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

अनुमतिविना मासु विक्री गर्दै भाटभटेनी सुपरमार्केट

अनुमतिविना मासु विक्री गर्दै भाटभटेनी सुपरमार्केट

कात्तिक ३ काठमाडौं – भाटभटेनी सुपरमार्केटले खाद्य अनुज्ञापत्र नभएको खसीबोकाको मासु बिक्री गरेको पाइएको छ। 

काठमाडौं महानगरपालिकाले सोमबार गरेको अनुगमनका क्रममा भाटभटेनी सुपरमार्केटमा बिक्रीमा राखिएको मासुको खाद्य अनुज्ञापत्र नभएको पाइएको हो। महानगरले काठमाडौंको कलंकीमा रहेको भाटभटेनी सुपरमार्केटमा अनुगमन गरेको थियो।

अनुगमनपछि पत्रकारसँग कुरा गर्दै महानगरपालिकाका पशु विभाग अधिकृत डम्बरबहादुर बमले खाद्य अनुज्ञापत्र नभएको मासु बिक्रीका लागि राखिएको पाइएको बताए।

अनुज्ञापत्र नलिई बिक्री गरेको पाइएपछि सम्बन्धित आपूर्तिकर्तालाई फोन गरी खाद्य अनुज्ञापत्र तत्काल लिन आग्रह गरिएको पनि महानगरका पशु विभाग अधिकृत बमले बताए।

भाटभटेनी सुपरमार्केटले नेपालगंजदेखि खसीबोकाको मासु ल्याई बिक्री वितरण गर्दै आएको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend