
कात्तिक ३ काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदले दशैं भत्ता नलिने भएका छन्।
नेकपा संसदीय दलको छलफलपछि दशैँ भत्ता नलिने निर्णय भएको नेकपा श्रोतले जनाएको छ।
भत्ता बापतको सो रकम सरकारको बनाएको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गरिने भएको छ। अहिले कोरोनाविरुद्धको लडाईं नै पहिलो प्राथमिकता रहेकाले दशैं भत्ता नलिने निर्णय भएको बताइएको छ।
यस्तै प्रतिपक्षि नेपाली कांग्रेसका सांसदहरुले पनि दशैं भत्ता नलिने भएका छन्। कांग्रेस संसदीय दलले भत्ता नलिने र उक्त रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको हो।
देश कोरोना महामारीले थला परेको बेला सांसदलाई भने भत्ता दिनुपर्ने भन्दै चर्को आलोचना भएको थियो। नेकपा तथा कांग्रेसका केहि सांसदले व्यक्तिगत रुपमा भत्ता फिर्ता समेत गरेका थिए।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend