
.
कात्तिक ४ काठमाडौं – नेपाली कांग्रेसका युवा नेता तथा प्रतिनिधि सभा सदस्य गगन थापाले पथभ्रष्ट र मतिभ्रष्ट सरकारलाई सदन र सडकको एकीकृत शक्तिबाट ठेगान लगाउनुपर्ने बताएका छन्।
सामाजिक सञ्जाल ट्वीटरमा थापाले संसदबाट भागेको सरकारलाई संसदको बैठक राख्न बाध्य पार्नुपर्ने धारणा राखेका छन्।
पार्टी सभापति देउवालाई कर्तव्यच्यूत सरकारलाई निर्णय सच्याउन आव्हान गरेर मात्र कर्तव्य पूरा नहुने र सरकारलाई संसदको बैठक राख्न बाध्य पार्न भूमिका खेल्न थापाले आग्रह गरेका छन्।
ट्वीटरमा उनले लेखेका छन्, ‘शेर बहादुर देउवा ज्यु, कर्तव्यच्यूत सरकारलाई निर्णय सच्याउन आव्हान गरेर मात्र हाम्रो कर्तव्य पूरा हुँदैन।संसदबाट भागेको सरकारलाई तानेर संसदमा फिर्ता नल्याई हुँदैन।संसदको बैठक राख्न बाध्य पारी,सदन र सडकको शक्ति एकीकृत गर्न सक्दामात्र पथभ्रष्ट र मतिभ्रष्ट सरकारलाई सच्चिनैपर्ने बनाउन सकिन्छ।’
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend