
कात्तिक ४ काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले मुलुक कोरोना महामारीबाट आक्रान्त भइरहेको र बिरामीको संख्या दिनदिनै बढिरहेको बेला सरकारले सबै बिरामीको उपचार गर्न नसक्ने भन्दै पन्छिन खोज्नु गैरजिम्मेवार काम भएको बताएका छन्।
एक विज्ञप्ति जारी गर्दै नेता नेपालले यस्तो बताएका हुन्।
नेता नेपालले सरकारको यस्तो निर्णयका आधारमा सरकारी अस्पतालहरुले निःशुल्क उपचार बन्द गरेका कारण संक्रमित नागरिकहरु थप मारमा परेको प्रति उनले आफ्नो ध्यानाकर्षण भएको बताएका छन्।
कोरोना भाइरसबाट संक्रमित बिरामीको निशुल्क उपचार नगर्ने निर्णय फिर्ता लिन पनि उनले सरकारसँग माग गरेका छन्।
गरिवी, अभाव र बेरोजगारीले पिल्सिएका, बेसहारा तथा आर्थिक रुपमा विपन्न नागरिकको समस्या प्रति सरकार संवेशनशिल हुनु पर्नेमा त्यसो नहुनु गम्भीर विषय भएको नेता नेपालले विज्ञप्तिमा जनाएका छ्न।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend