शुक्रबार, जेष्ठ ३० २०८२

शुक्रबार, जेष्ठ ३० २०८२

तात्यो सामाजिक सञ्जाल: जनताको उपचार नगर्ने सरकारलाई कर किन तिर्ने ?

तात्यो सामाजिक सञ्जाल: जनताको उपचार नगर्ने सरकारलाई कर किन तिर्ने ?

.
कात्तिक ४ काठमाडौं – सरकारले कोरोना संक्रमित व्यक्तिले सरकारी अस्पतालमा पनि आफ्नो उपचारखर्च आफैँ व्यहोर्नुपर्ने भनि निर्णय गरेपछि चौतर्फी आलोचना भएको छ।  सरकारको यो निर्णयलाई स्वयं सत्तारुढ दलका नेताहरुले समेत गैरजिम्मेवार र गलत निर्णय भएको र यसलाई तुरुन्त फिर्ता गर्नुपर्ने बताएका छन्। 

झन् कोरोना महामारीका बेला यसको व्यवस्थापनका लागि सरकारका कदमहरु नजिकबाट नियालिरहेका युवाहरु सरकारको यस निर्णयबाट आक्रोशित भएका छन्।  सामाजिक सञ्जालमा उनीहरुले आक्रोश पोख्न सुरु गरेका छन्। 

जनताको जीवनमरणको सवाल आउँदा हात उठाउने र उपचार नै गर्दिन भन्ने सरकारलाई किन कर तिर्ने भन्दै सामाजिक सञ्जालमा “नो ट्रिटमेन्ट नो ट्याक्स” नामक ट्रेन्ड नै चल्न थालेको छ। 

no treatment no tax.PNG

no tax.PNG

कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गइरहेको भए पनि सरकारले भने कोरोना संक्रमितले आफ्नो उपचारखर्च आफैं व्यहोर्नुपर्ने निर्णय गरेको छ। 
कोरोना संक्रमितमा प्रयोग हुने रेम्डिसिभिर औषधि पनि संक्रमितले आफैँ खरिद गर्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको थियो। सरकारको यो निर्णय आएपछि केहि सरकारी अस्पतालले विरामीबाट पैसा लिन सुरु गरिसकेका छन्। 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend