
कात्तिक ५ काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले आफुले पाउने २ महिनाको तलव र दशैं खर्चवापतको रकम सरकारले संचालन गरेको कोरोना कोषमा राख्ने भएकी छिन। राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीसहित सबै मन्त्रीहरुले पनि दशैं भत्ताबापतको खर्च कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेका छन्। त्यस्तै सांसदहरुले पनि संसद सचिवालयले दशैँ भत्तावापत दिएको रकम फिर्ता गरेका छन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend