
कात्तिक ५ काठमाडौं – पछिल्लो २४ घन्टामा पाँच हजार सात सय ४३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।यो अहिलेसम्म एकैदिन संक्रमित थपिएको सबैभन्दा धेरै हो ।
काठमाडौं उपत्यकामा आज एकै दिन ३१ सय ७ जना कोरोना संक्रमित थपिएका छन् ।
यो अवधिमा २० हजार एक सय १८ जनाको नमुना परीक्षण गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसमेत देशभर हालसम्म संक्रमित हुनेको संख्या एक लाख ४४ हजार आठ सय ७२ पुगेको छ । आज २९ सय ९६ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।
अहिलेसम्म कुल ९९ हजार ६ सय पाँचजना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend