
कात्तिक ६ काठमाडौं – सङ्खुवासभाको धर्मदेवी नगरपालिका–४ मा चितुवाको आक्रमणबाट तीन जना घाइते भएका छन्। घाइते हुनेमा धर्मदेवी–४ हुम्लिङका ७६ वर्षीय धनबहादुर घिमिरे, २५ वर्षीय गणेश घिमिरे र ४० वर्षीय टंक श्रीपाली छन्।
धर्मदेवी–४ का वडाध्यक्ष अनिरुद्रसिंह लिङ्खाका अनुसार आज बिहान ९ बजे हुम्लिङ पसेको चितुवाले गाउँभरिका बाख्रा मार्न थालेपछि स्थानीयवासीले प्रतिकार गरेका थिए। प्रतिकार गर्नेक्रममा घाइते भएकामध्ये धनबहादुर र श्रीपालीको अवस्था गम्भीर रहेको वडाध्यक्ष लिङ्खाको भनाइ छ। चितुवाले हुम्लिङमा १३ खसीबाख्रा पनि मारेको छ। श्रीपालीका सात, जसबहादुर लिङ्खाको एक र लीला श्रीपालीका पाँच बाख्रा मारिएको उनले जानकारी दिए।
घाइतेलाई उपचारका लागि नगरपालिकाको गाडीमार्फत प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर पठाइएको धर्मदेवीका नगर प्रमुख रमेशकुमार जिमीले जानकारी दिए।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend