बुधबार, असार ४ २०८२

बुधबार, असार ४ २०८२

प्रधानमन्त्री ओलीले स्वीकारेनन नेपालको नयाँ नक्सा

प्रधानमन्त्री ओलीले स्वीकारेनन नेपालको नयाँ नक्सा

कार्तिक ७ काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले बडा दशैँको अबसरमा जारी गरिएको शुभकामना संदेशमा नेपालको पुरानै नक्सा प्रयोग गरेका छन् । जसमा संसदबाट पारित भएको लिम्पियाधुरा सहितको भूभाग छैन ।
 
शुक्रबार सामाजिक संजाल ट्वीटरमा दशैँको शुभकामना दिने क्रममा प्रधानमन्त्री ओलीले प्रयोग गरेको तस्बिरमा नेपालको निसान छाप प्रयोग गरिएको छ तर संसदबाट पारित गरिएको नया नक्सालाई उपेक्षा गर्दै पुरानै नक्सा अंकित छ ।naksa.JPG
 
 
यसै बीच प्रधानमन्त्रीले प्रयोग गरेको नक्सामा लिम्पियाधुरा समाबेश नभएको भन्दै प्रतिपक्ष  नेपाली काँग्रेसले प्रधामन्त्रीलाई ”देशको संसदले पारित गरेको नक्सा अब नक्सामै असुरक्षित भएपछि जग्गा फिर्ता गर्ने अभियान जारी कि यहाँको नेतृत्वमा बिसर्जन ?” भन्दै प्रधानमन्त्रीलाई  प्रश्न गरेको छ।  सामाजिक संजाल त्विटर मार्फत काँग्रेस प्रबक्ता बिश्वप्रकाश शर्मालेले  लेखेका छन् लिम्पियाधुरा रहित नेपालको नक्सा प्रयोगलाई सामान्य त्रुटि कसरी मानौं सम्माननिय

? गम्भीर विमती दर्ज होस् ! देशको संसदले पारित गरेको नक्सा अब नक्सामै असुरक्षित भएपछि जग्गा फिर्ता गर्ने अभियान जारी कि यहाँको नेतृत्वमा बिसर्जन ?
 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend