बुधबार, असार ४ २०८२

बुधबार, असार ४ २०८२

कर्णालीका मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत

कर्णालीका मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत

कात्तिक ७ काठमाडौं – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ। अस्विकृत भएसंगै शाही नेतृत्वको सरकार  तत्कालका लागि जोगिएको छ। 

शुक्रबार बिहान वीरेन्द्रनगरमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश सभाको संसदीय दलको बैठकले शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत गरेको हो ।

संसदीय दलका नेता शाहीको अध्यक्षतामा बसेको बैठकको बहुमतले उनीविरूद्ध असोज २५ गते दर्ता भएको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत गरेको हो। 

यसअघि नेकपाकै नेता यामलाल कँडेलसहितका प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend