शुक्रबार, जेष्ठ ३० २०८२

शुक्रबार, जेष्ठ ३० २०८२

प्रधानमन्त्री ओलीबाटै राष्ट्रिय सुरक्षामा खतरा – गगन थापा

प्रधानमन्त्री ओलीबाटै राष्ट्रिय सुरक्षामा खतरा – गगन थापा

कात्तिक ७ काठमाडौं – प्रमुख प्रतिपक्षि नेपाली कांग्रेसका सांसद गगन थापाले भारतीय जासुसी संस्था रअ का प्रमुखसंग प्रधानमन्त्री केपी शर्मा ओलीको भेटले प्रधानमन्त्रीबाटै राष्ट्रिय सुरक्षामा थ्रेट देखिएको आरोप लगाएका छन्।  शुक्रबार विज्ञप्ति जारी गर्दै थापाले प्रधानमन्त्री ओलीबाट नै राष्ट्रिय सुरक्षामा ‘थ्रेट’ देखिएको बताएका हुन्। 

सांसद थापाले कुटनीतिक मर्यादा उलंघन गर्दै सम्बन्धीत मन्त्रालय र निकायको अनुपस्थितिमा विदेशी गुप्तचारसँग भेट्नुलाई सामान्य त्रुटीका रुपमा मात्र प्रस्तुत गर्न खोजिए पनि गम्भीर गल्ती भएको भन्दै थापाले यसको अनुसन्धान हुनुपर्ने माग गरेका छन् । 

‘परराष्ट्र मन्त्रालाय र नेपालको सुरक्षा निकायको अनुपस्थितिमा प्रधानमन्त्रीले विदेशी गुप्तचर प्रमुखलाई भेट्नु कूटनीतिक मर्यादा मात्र नभएर राष्ट्रिय सुरक्षाको विषय हो। प्रधानमन्त्रीको यस्तो गैर-राजनीतिक र विशुद्ध गुप्तचरसँग भएको ‘शिष्टाचर भेट’ माथि अनुसन्धान हुनुपर्छ यस प्रकरणले प्रधानमन्त्रीबाट नै नेपालको राष्ट्रिय सुरक्षा थ्रेट देखाएको छ।’ विज्ञप्तिमा उल्लेख गरिएको छ। 

1.jpg2.jpg

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend