
कात्तिक ८ काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले कुटनीतिक मुल्य र आचारसँहिता बिपरीत बिदेशी गुप्तचर अधिकारी सँग प्रधानमन्त्रीको भेटले राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पारेको बताएका छन।
देशको प्रधानमन्त्रीले बिना कुनै निर्धारित कार्यसुचि बिदेशी जासुसी संस्थाको अधिकारीसँग समकक्षीझैं औपचारिक वार्ता गर्नुले राष्ट्रिय स्वाभिमान ,प्रतिष्ठा र कुटनीतिक ओझ गिरेको श्रेष्ठले बताएका छन्।
सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै प्रवक्ता श्रेष्ठले यस्तो बताएका हुन्। नेपालको राजनीतिक एवं कुटनीतिक ईतिहाँसमा यस प्रकृतिको यो पहिलो घटना भएको बताउंदै उनले प्रधानमन्त्रीले पार्टीमा समेत यसबारेमा कुनै सँस्थागत एवं औपचारिक छलफल समेत नगरेको बताएका छन्। ‘प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्रालयको सँस्थागत जानाकारी र उपस्थिति बिना उनलाई भेट्नुभएछ, उनले लेखेका छन्, ‘हाम्रो पार्टीलाई यसबारेमा कुनै पुर्व जानाकारी थिएन र पछि पनि पार्टीमा यसबारेमा कुनै सँस्थागत एवं औपचारिक छलफल भएको छैन ।’
‘नेपालको राष्ट्रिय अनुसन्धान बिभागको प्रमुखले आफ्नो समकक्षीलाई निश्चित बिषयमा छलफल गर्न भ्रमणको लागि निमन्त्रणा गरेको हो भने कुटनीतिक मर्यादा अनुरुप शिष्टाचार भेट हुन सक्दथ्यो तर प्रधानमन्त्रीले कुटनीतिक मर्यादाविपरित विदेशी जासुसी संस्थाको प्रमुखसंगको गर्नुभएको भेटले गम्भीर प्रश्न खडा भएको उनको भनाई छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend