
कात्तिक ८ काठमाडौं – भारतीय सेनाप्रमुख मनोज मुकुन्द नरभानेको नेपाल भ्रमणको मिति तय भएको छ। भारतीय पक्षले कात्तिक १९ बाट भ्रमणको लागि समय तोकेसंगै नरभानेको नेपाल भ्रमण सोहि दिन हुने भएको हो।
नरभानेको नेपाल भ्रमण ३ दिनको हुने बताइएको छ।
पाल र भारत दुवै देशका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ सेनापतिको सम्मान दिने प्रचलन छ । त्यसैका लागि नरभाने नेपाल आउन लागेका हुन् ।
मानार्थ सेनापतिको सम्मान सेनाका परमाधिपति राष्ट्रपतिबाट प्रदान गर्ने चलन छ । महामारीका वेला हुन लागेको भ्रमणमा नरभानेले कसकसलाई भेट गर्छन् भन्ने टुंगो लागिसकेको छैन ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend