मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

नेकपा केन्द्रीय समितिको बैठक सर्‍यो

नेकपा केन्द्रीय समितिको बैठक सर्‍यो

कात्तिक १२ काठमाडौं –  कात्तिक १५ गते तय गरिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको बैठक सो समयमा नहुने भएको छ।  कोरोना महामारीका कारण बैठक पछि धकेलिएको हो। 

पार्टी केन्द्रिय कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले वक्तव्य जारी गर्दै बैठक स्थगित गरिएको जानकारी दिएका हुन्। 

गत भदौ २६ गते सम्पन्न स्थायी समिति बैठकले महाधिवेशनको तयारीस्वरुप कार्तिक १५ देखि १७ गतेसम्म केन्द्रीय समिति बैठक बस्ने समय निर्धारण गरेको थियो । 

बैठक मंसिर १५ देखि १७ गतेसम्म संचालन गरिने वक्तव्यमा उल्लेख गरिएको छ। 

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend