बुधबार, असार ४ २०८२

बुधबार, असार ४ २०८२

साढे २९ लाख नगदसहित १० जुवाडे पक्राउ

साढे २९ लाख नगदसहित १० जुवाडे पक्राउ

कात्तिक १३ काठमाडौं –  नेपालगन्जमा २९ लाख ४८ हजार रुपैयाँसहित दशजना जुवाडे पक्राउ परेका छन्। 

नेपालगन्ज उपमहानगरपालिका– ४ बसपार्कस्थित कृष्ण सुवेदीको घरमा तास खेलिरहेको अवस्थामा सोही स्थानका ४१ वर्षीय सन्तोष थापासहित दशजनालाई बुधबार राति नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उक्त घरमा तासको खेल चलिरहेको भन्ने सूचना प्राप्त भएपछि खटिएको प्रहरीले तास खेलिरहेकाहरूको साथबाट उक्त रकमसमेत बरामद गरेको जनाइएको छ । 

घटनाबारे थप अनुसन्धान जारी राखेको बाँके प्रहरीले जनाएको छ । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend