मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

प्रचण्ड- नेपाल गठबन्धनले गर्दैछ प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी

प्रचण्ड- नेपाल गठबन्धनले गर्दैछ प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी

कात्तिक १४ काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद झन्झन् पेचिलो बन्दै गएको छ। अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पार्टीको निर्णयविरुद्ध गतिविधि गरेको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधव कुमार नेपाल ओलीसंग रुष्ट हुँदै आएका छन्। 

यसैबीच प्रधानमन्त्री ओलिनिकट नेताहरुले प्रधानमन्त्रीविरुद्ध पार्टीभित्रबाटै अविश्वासको प्रस्ताव दर्ता गर्न लागिएको सुचना आफुहरुले थाहा पाएको बताएका छन्। प्रचण्ड – नेपाल समुहले उक्त प्रस्ताव ल्याउन लागेको र आफुहरुले त्यसबारे अध्ययन गरिरहेको उनीहरुको भनाइ छ। 

ओलीविरुद्धको अविश्वासको प्रस्ताव पार्टी संसदीय दल नभए काङ्ग्रेसको साथ लिएर संसदमै पनि दर्ताको तयारी गरेको उनीहरु बताउँछन्। 

प्रधानमन्त्री ओलीले पार्टीमा कुनै पनि छलफल नै नगरी मनोमानी ढंगले चलेको भन्दै पार्टीभित्रबाटै अविश्वासको प्रस्ताव दर्ता गर्न लागेको बुझिएको छ। 

मन्त्रीमण्डल पुनर्गठन, राजदुत  नियुक्ति लगायातका विषयमा ओलीले पार्टीमा कुनै छलफल नै नगरी एकलौटी गरेको भन्दै प्रचण्ड- नेपाल पक्ष असन्तुष्ट रहँदै आएको छ। त्यस्तै ओलीले कुटनीतिक मर्यादाविपरित भारतीय जासुसी संस्था रअका प्रमुख सामन्त कुमार गोयलसंग गोप्य भेटघाट गरेको भन्दै पार्टीभित्रै उनको आलोचना भएको छ। 

विवादका कारण लामो समयदेखि ओली र प्रचण्डबीच भेटवार्ता हुन सकेको छैन।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend