
कार्तिक १४ काठमाडौँ संसदीय ब्यबस्थाको राम्रै उपभोग गर्न जानेका सत्तारुढ नेकपा र नेपाली काँग्रेसले चुनाब जित्नकै लागि दलाल, भ्रस्टाचारी, कमिसनखोर सबैलाई पार्टी प्रवेश गराउने र चुनाबको तिनैको बलबुतामा चुनाब जित्ने परिपार्टीले नेपालको राजनीति फोहोरको थुप्रोमा परिणत भएको टिकाटिप्पणी हुदै आएको छ।
माथिको भनाईसंग ठ्याक्कै मेल हुने खेल सत्तारुढ नेकपाले बाग्लुङ्गमा गरेको छ। बिकास निर्माणमा आएको पैसामा वडा सदस्य सहितका राजनितिक दलका नेताहरुले मिलेर खाएको तथ्य बाहिर आएपछि नेपाली काँग्रेसले आफ्नो दलबाट निर्बाचित वडा सदस्य कर्णसिंह पुनलाई कारबाहि स्वरुप पार्टी निस्कासन गरेको थियो । त्यसको झन्डै ६ महिनापछि नेपाली काँग्रेसबाट कारबाहीमा परेका जैमुनी नगरपलिका ८ का वडा सदस्य कर्णसिंह पुनलाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले फुलमाला लगाएर पार्टी प्रवेश गराएको छ ।
बाग्लुङ्ग जैमुनी नगरपालिका ८ छिस्तीमा विभिन्न ठाउँमा मोटरबाटो खन्ने आएको बजेटलाई वडा सदस्य कर्णसिंह पुन सहित राजनैतिक दलका स्थानीय नेताहरुले हिनामिना गरेको बाहिर आएपछि उनको दल नेपाली काँग्रेसले कर्णसिंह पुनलाई कारबाही गरेको थियो ।
वडामा संचालन हुने विभिन्न आयोजनाहरुमा मिलाएर कमिसन र भ्रस्टाचार गर्न माहिर थापालाई पार्टीले जिम्मेबारीबाट हटाउदै लगेपछि कमिसन र भ्रस्टाचार गर्ने उनको धन्दा लगभग बन्द भएको थियो ।
कार्तिक १४ गते बिहिबार पार्टीबाट निस्कासनमा परेका पुनलाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका जिल्लातहका नेताले अबिर लगाएर पार्टी प्रवेश गराएर फेरी एकपटक राजनीतिमा भ्रस्ट र कमिसनखोरकै जिम्मामा लगाएका छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend