
कात्तिक १४ काठमाडौं – म्याग्दीमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा अन्नपूर्ण गाउँपालिका, २ भुरुङकी अन्दाजी १० वर्षीया रिया विक रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
उनको घटनास्थलमै मृत्यु भएको हो। घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।
रघुगंगा गाउँपालिका–६ ढाडाखानीबाट सदरमुकाम बेनी आउँदै गरेको ग १ ज ८९६ नम्बरको जिप शुक्रबार दिउँसो १२ बजेतिर दुर्घटनामा परेको हो । जिप सडकबाट कालीगण्डकी नदी किनारमा खसेको थियो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend