
काठमाडौं – परराष्ट्रविद हिरण्यलाल श्रेष्ठले प्रत्येक नेपाली युवालाई एक बर्षे अनिवार्य सैनिक तालिम दिनुपर्ने बताएका छन्। गणतन्त्र आइसकेपछि देशको सुरक्षाको जिम्मेवारी सेनामा मात्र सिमित गर्नुभन्दा जनतालाई पनि सैनिक तालिम प्रदान गरि देशको सुरक्षाका लागि जिम्मेवार बनाउनुपर्ने श्रेष्ठले बताएका हुन्। साथै नेपाली सेनालाई थप शक्तिशाली बनाउनुपर्ने उनको धारणा छ।
चीन तथा रुसका लागि पूर्व नेपाली राजदूतसमेत रहेका श्रेष्ठले सुनौलो नेपालसंगको अन्तर्वार्ताका क्रममा यस्तो बताएका हुन्। कालापानी क्षेत्रमा उत्पन्न सीमा विवाद समाधान गर्न नेपालले भारतसंग मात्र नभएर चीनसमेतलाई लिएर त्रिपक्षिय वार्ता गर्नुपर्ने उनको भनाई छ।
समस्या जसले सृजना गर्छ, समाधान पनि उसैबाट खोज्नुपर्छ, कालापानी क्षेत्रमा भारतीय सेनाले नै नेपाली भूमिमा बाटो बनाएर तनाव सृजना गरेको हो, श्रेष्ठले भने, ‘ समाधान पनि भारतीय सेनाबाटै खोज्नुपर्छ जसका लागि भारतीय सेना प्रमुख मनोज मुकुन्द नरभानेको नेपाल भ्रमण सकारात्मक छ।’
भारतीय जासुसी संस्था रअका प्रमुख सामन्त कुमार गोयलको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुतका रुपमा रहेको नेपाल भ्रमण र प्रधानमन्त्री केपी ओलीसंगको भेटले संवादहिनताको अवस्थालाई अन्त्य गरेको र वार्ताको ढोका खोलेको श्रेष्ठको भनाई छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend