
कात्तिक १५ काठमाडौं – लामो समयको अन्तरालपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।
केहि समयदेखि चर्किएको विवाद समाधानका लागि छलफल गर्न प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन्।
मन्त्रीमण्डल पुनर्गठन, राजदुत नियुक्ति लगायातका विषयमा ओलीले पार्टीमा कुनै छलफल नै नगरी एकलौटी गरेको भन्दै प्रचण्ड असन्तुष्ट रहँदै आएका छन्।
पछिल्लो समय ओली प्रचण्डबीच गत कात्तिक ४ गते भेटवार्ता भएको थियो।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend