
कात्तिक १५ काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले सार्वजनिक यात्रुवाहक सवारी साधनमा भाडादरको विवरण (लिष्ट) नभएमा कारबाही गर्ने भएको छ।
शुक्रबारदेखि अभियानकै रूपमा थालनी गरी ४२९ वटा सवारी साधनहरूमा टाँसेको र आज पनि उक्त अभियानलाई निरन्तरता दिइरहेको महाशाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
सार्वजनिक सवारी साधनले नियम विपरीत चर्को भाडा लिने गरेको गुनासो व्यवस्थापन गर्न तथा यात्रुलाई आफनो गन्तव्यसम्मको भाडादर सजिलै थाहा पाई ठगिनबाट रोक्नका लागि यात्रुले देखिने स्थानमा भाडादरको लिष्ट सवारीमा अनिवार्य राख्न लगाइएको ट्राफिक महाशाखाका प्रमुख एसएसपी भिम प्रसाद ढकालले बताए।
उनले सवारी साधनले त्यस्तो लिष्ट नराखेको पाइए नियमअनुसार कारबाही गरिने जानकारी दिए।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend