
कात्तिक १५ काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको छ। भेटवार्ताका क्रममा प्रचण्डले ओलीलाई सचिवालय बैठकको प्रस्ताव गरेका छन्।
भेटमा दुई अध्यक्षबीच रअ प्रमुख सामन्त गोयल र प्रधानमन्त्रीबीचको भेट, कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्धको अविश्वासको प्रस्ताव लगायतका विषयमा छलफल भएको थियाे। प्रचण्डले यी विषयमा सचिवालय बैठकमा छलफल गर्नुपर्ने प्रस्ताव राखेको स्रोतले जनाएको छ।
सचिवालय बैठक बोलाउन प्रधानमन्त्री ओली सकारात्मक भएको बालुवाटार स्रोतले जनाएको छ।
मन्त्रीमण्डल पुनर्गठन, राजदुत नियुक्ति लगायातका विषयमा ओलीले पार्टीमा कुनै छलफल नै नगरी एकलौटी गरेको भन्दै प्रचण्ड असन्तुष्ट रहँदै आएका छन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend