
कात्तिक १६ काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी नेकपाकी ललितपुर जिल्ला सचिव सावित्रा अधिकारीलाई (विदुषी)लाई प्रहरीले पक्राउ गरेको छ।
ललितपुर महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी टेकप्रसाद राईलाई धम्की दिएकी अधिकारीलाई ललितपुर प्रहरीले शनिबार राति पाटनबाट पक्राउ गरेको हो।
आइतबार ललितपुरमा कोणसभाको तयारी गरिरहेको बेला झण्डा र ब्यानरसहित उनलाई प्रहरीले पक्राउ गरेको हो।
पार्टीका ललितपुर जिल्ला सदस्य सानुराज बज्राचार्य पक्राउ पर्दा उनले विज्ञप्ति जारी गर्दै एसएसपी राईलाई कारबाही गर्ने धम्की दिएकी थिइन।
गत जेठमा बज्राचार्यलाई विष्फोटक पदार्थसहित प्रहरीले पक्राउ गरेको थियो।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend