मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

प्रचण्डका घरबेटीले बैमान गरेपछि आन्दोलनमा उत्रिए सुनाकोठीका स्थानीय

प्रचण्डका घरबेटीले बैमान गरेपछि आन्दोलनमा उत्रिए सुनाकोठीका स्थानीय

कात्तिक १६ काठमाडौं – ललितपुरको सुनाकोठी–चापागाउँ सडक धुलाम्य भएको वर्षौं भइसक्दा पनि सडक कालोपत्रे नगरिएको भन्दै स्थानिय फेरि आन्दोलनमा उत्रिएका छन्। 

sunakothi.JPG

नेवाज् क्लब र स्थानीयहरुले संयुक्त रुपमा सडक बनाउन दबाब दिंदै आइतबार बिहानैदेखि सडक अवरुद्ध गरेका हुन्। सुनाकोठी, ठेचो, चापागाउँ सडक खण्ड बिस्तार गर्ने भन्दै भत्काइए पनि ठेकेदारले वर्षौंसम्म सडक अलपत्र छाडेपछि स्थानियले गत वर्ष सडक नै अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका थिए।  त्यसपछि सडक खुलाउने विषयमा सहमति भएपनि हालसम्म सडक निर्माण हुन सकेको छैन। सहमति भएको एक वर्ष पुगिसक्दा पनि सडक कालोपत्रे नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिएको स्थानीयले बताएका छन्। 

tax 2.JPG

सडक भत्काएको वर्षैासम्म पनि सडक निर्माण सम्पन्न नभएका कारण सडकको धुलो र धुँवाले आजित बनेको उनीहरुले गुनासो गरेकाछन। यसअघि वार्ता मार्फत माग सम्बोधन गर्ने सम्झौता भएपनि माग सम्बोधन नभएको भन्दै उनीहरुले यसपटक कुनैपनि वार्तामा नबस्ने र सडक कालोपत्रे नभएसम्म आन्दोलन गर्ने अडान लिएका छन्। 

tax.JPG

सडक निर्माणको ठेक्का पाएको शारदा अधिकारीको शैलुङ कन्स्ट्रक्सनले ठेक्का लिएर अलपत्र पारेको उनीहरुको आरोप छ। अधिकारी पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी भएको र राजनीतिक पहुँचको आडमा सडक निर्माण नगरी जनताको स्वास्थ्यसँग खेलवाड गरेको भन्दै स्थानियहरु आक्रोशित भएका हुन्। 

सडक फराकिलो बनाउन कतिपय स्थानमा घर भत्काइए पनि मुआब्जा विवादका कारण सडक निर्माण सम्पन्न हुन सकेको छैन। मुआब्जा पनि नदिने र भत्किएको सडक पनि नबनाउने भन्दै स्थानियहरु पुन सडकमा उत्रेका हुन्। 

 

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend