मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

नेकपा विवाद: यसरी पार्टी चल्दैन- प्रचण्ड, नचले छुट्टाछुट्टै हिडौं- ओली

नेकपा विवाद: यसरी पार्टी चल्दैन- प्रचण्ड, नचले छुट्टाछुट्टै हिडौं- ओली

कात्तिक १६ काठमाडौं –  सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेको छ। अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच चर्किएको विवादले पार्टी फुट्ने हो कि भन्ने आशंका पैदा हुन लागेको छ।  

विवाद चर्कीएसंगै ओली पक्ष र दाहाल पक्षका नेताहरुको बालुवाटार र खुमलटारमा छुट्टाछुट्टै छलफल भएको छ। 

दाहाल पक्षको खुमलटारमा भएको छलफलमा प्रचण्डले ओलीसंग शनिबार भएको भेटमा भएका कुराको बारेमा ब्रिफिंग गरेका छन्। आफु पक्षका नेताहरुलाई ब्रिफिंग गर्दै दाहालले आफुले ओलीसंग यसरी पार्टी नचल्ने र विवाद सचिवालय बैठकबाट समाधान गर्नुपर्ने प्रस्ताव राखेको र ओलीले नचल्ने भए छुट्टाछुट्टै हिंड्ने जवाफ दिएको जानकारी गराएको दाहालनिकट एक नेताले बताए। 

मन्त्रिमण्डल पूनर्गठन हुँदै कर्णाली विवाददेखि रअ प्रमुखसँग ओलीले गरेको शिष्टाचार भेटको विषयलाई लिएर नेकपाभित्र विवाद चुलिएको छ। ओली र दाहालबीच हिजो १२ दिनपछि मात्रै सम्वाद भएको थियो । दाहाललाई पटक पटक बालुवाटार आउन आग्रह गर्दापनि उनी गएका थिएनन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend