
कात्तिक १७ काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुट्ने हल्लाको पछि नलाग्न पनि आग्रह गरेका छन्। वास्ताविकता बाहिर मिडियामा आएजस्तो नभएको भन्दै पार्टी विभाजन नहुने ओलीले बताए।
प्रधानमन्त्री ओलीले पार्टी विभाजनको अवस्था नआएको र आफूले त्यस आशयको कुरा पनि नगरेको प्रतिक्रिया दिए ।
ललितपुरको एक कार्यक्रमपछि आइतबार पत्रकारको जिज्ञासामा प्रधानमन्त्री ओलीले आफूले अर्का अध्यक्ष प्रचण्डलाई निरन्तरको बैठकबारे जिज्ञासासम्म राखेको दावी गरे ।
‘उहाँहरुका एक खालका मिटिङ लगातार चलिरहेका हुनाले यो के गर्न खोजिएको हो, के भइरहेको छ, भनेर मैले सोधेको थिएँ’, उनले भने, ‘उहाँले छलफल भएको थियो, त्यस्तो केही होइन भन्नुभयो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend