मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा किशोर प्रधानको उम्मेदवारी घोषणा

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा किशोर प्रधानको उम्मेदवारी घोषणा

कात्तिक १७ काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि किशोर प्रधानले उम्मेदवारी घोषणा गरेका छन् । सोमबार काठमाडौंमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा सबै व्यवसायिक समस्याहरूको समाधान गर्न आफ्नो समूह सक्षम रहेकाले उम्मेद्वारी दिएको उनले बताएका छन्। 

विगत २८ वर्षदेखि उद्योग वाणिज्य क्षेत्रमा काम गरिरहेको र महासंघलाई मन्दिर सम्झेकाले आफू पुजारी बनेर पूजागर्नका लागि पनि उम्मेदवारी घोषणा गरेको प्रधानले बताए ।

उनले देशको अर्थतन्त्र जोगाउनका लागि पनि महासंघलाई राजनीतिबाट टाढा राख्नुपर्ने बताएका छन्‌। आफूलाई भावी अध्यक्ष शेखर गोल्छाको समेत साथ रहेकोले उनको कार्यकाल सफल बनाउनका लागि पनि आफूहरूको समूह अगाडी आउने उनले बताए।

महासंघको ५४ औँ वार्षिक साधारणसभा तथा निर्वाचन आगामी मंसिर ११, १२ र १३ गते काठमाडौँमा हुँदैछ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend