logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • वन तथा वातावरण मन्त्रालयको नाम परिवर्तन हुँदै

    वन तथा वातावरण मन्त्रालयको नाम परिवर्तन हुँदै

    497
    Shares
    वन तथा वातावरण मन्त्रालयको नाम परिवर्तन हुँदै

    काठमाडौं । वन तथा वातावरण मन्त्रालयको नाम परिवर्तन हुने भएको छ । विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले मन्त्रालयको नाम वन, वातावरण तथा जलवायु परिवर्तन राख्ने निर्णय गरेको हो ।

    सम्मेलनमा वन मन्त्रालयका सचिव दीपककुमार खरालले वन मन्त्रालयको नाम परिवर्तन गरी वन, वातावरण तथा जलवायु परिवर्तन निर्णय भएको बताए ।

    उनले जलवायु परिवर्तनका क्रियाकलापलाई समन्वयात्मक रुपमा अघि बढाएर लैजाने योजनामा सरकार रहेको बताए । उनले जलवायु परिवर्तनबाट नेपालको विशेष परिवेश, पर्वतीय भुगोलको कारणले धेरै समस्या र चुनौतिहरु महशुस गरिरहेको पनि उल्लेख गरे ।

    उनले भने, ‘नेपालको जलवायु परिवर्तनमा समन्वयको कुरा अत्यन्त महत्वपूर्ण छ । वन तथा वातावरण मन्त्रालय हिजो भएको परिषद्को बैठकबाट यस मन्त्रालयलाई वन, वातावरण तथा जलवायु परिवर्तन मन्त्रालयको रुपमा नामांकन गर्न निर्देशन भएको छ । त्यो अनुसार हामी जाँदैछौँ । जलवायु परिवर्तनका क्रियाकलापलाई समन्वयात्मक रुपमा अघि बढाएर लैजाने योजनामा हामी छौँ ।

    जलवायु परिवर्तनबाट नेपालको विशेष परिवेश, पर्वतीय भुगोलको कारणले धेरै समस्या र चुनौतिहरु महशुस गरिरहेका छौँ । जलवायु परिवर्तनको एउटा मुख्य कारक हुँदाहुँदै त्यसमा थपिएको हाम्रो पर्वतीय श्रृंखलाको एउटा संवेदनशील कारणले आफ्नो फाइदा पनि छ, यसको मूल्य पनि छ ।’

    सचिव खरालले जलवायु परिवर्तनका कारणले नेपालले ठूलो क्षति व्यहोरिरहेको बतए । जलवायु परिवर्तनको समस्या नेपालका कारण नभएको बताए ।

    शनिबार काठमाडौंमा कोप—२९ सम्मेलनको पूर्वसन्ध्यामा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले देशको पोजिसन पेपर बनाउन राष्ट्रिय सम्मेलन आयोजना गरेको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend