
कार्तिक १८ काठमाडौँ, कार्यक्रम प्रस्तोता रबि लामिछानेले न्युज २४ टेलिभिजनमा संचालन गर्ने कार्यक्रम सिधाकुरा जनतासंग नामक कार्यक्रमबाट प्रसारित आयुर्वेद चिकित्सक बताउने बि.पी. तिमल्सिनाका दाबी भ्रामक रहेको भन्दै न्युज २४ टेलिभिजन र बि.पी. तिमल्सिनालाई छानविन गरी कारबाही गर्न नेपाल आयुर्वेद चिकित्सक संघले माग गरेको छ।
कार्यक्रममा बि.पी. तिमल्सिनाले व्यक्त गरेको विचारविचारहरु तथा जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने व्यवहार संक्रामक रोग नियन्त्रण ऐन २०२०, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन,२०७४, जनस्वास्थ्य ऐन २०७५, नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय द्वारा जारी निर्देशन र सूचनाहरु तथा विश्व स्वास्थ्य संगठनले प्रतिपादन गरेका सिद्दान्त विपरित भएको संघले जनाएको छ।
सोमबार संघको तर्फबाट बिज्ञप्ति जारी गर्दै भनेको छ ‘त्यसमा व्यक्त गरिएका विचारहरु पूर्ण रुपमा आयुर्वेदको सिद्धान्तविपरीत रहेका छन्। आयुर्वेद चिकित्सासम्बन्धी भ्रम फैलाउने, आयुर्वेदको सिद्धान्त विपरितका जडिबुटी र विधि सिफारिस गर्दा सर्व साधारणमा भ्रम पैदा भएर रोगको जोखिम बढाइएको छ। बिरामीलाई उपचार गर्दा एक प्रकारका जडिबुटीबाट गर्ने र सञ्चार माध्यमहरुबाट अर्कै जडिबुटीको नाम लिएर भ्रामक अभिव्यक्ति सार्वजनिक गरिएको छ।
संघले न्युज २४ च्यानल र बि.पी. तिमल्सिनामाथि छानबिन गरी सत्य तथ्य ल्याउन नेपाल सरकार तथा सम्वन्धित निकायको ध्यानाकर्षण गराएको छ। त्यसमा व्यक्त गरिएका जडिबुटीहरुले कोरोना निको पार्ने वा रोग प्रतिरोधात्मक क्षमता बढाउने कुनै आधार प्रमाण नभएको समेत प्रष्ट पारेको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend