मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

जापानमा पैसा बनाउन नेपालबाट अर्गेली निर्यात, खुशी भए किसान

जापानमा पैसा बनाउन नेपालबाट अर्गेली निर्यात, खुशी भए किसान

बिगतको बर्षहरुमा ८० रुपैँया प्रतिकिलोमा बिक्री हुँदै आएको अर्गेलीको बोक्रा पाँच सय रुपैँयामा बिक्री हुन थालेपछि पाँचथरका किसानहरु खुशी भएका छन् ।

पुस्तौँदेखि स्थानीय हाते कागज बनाउन प्रयोग हुँदै आएको अर्गेली जापान निकासी हुन थालेपछि किसानले अर्गेलीको उचित मुल्य पाएका हुन ।सदावहार बुट्यानको रुपमा पाइने यो अर्गेलीको बैज्ञानिक नाम Edgeworthia gardneri हो । सामन्यता २ मिटरसम्म अग्लो हुने यो विरुवा नेपालको ३००० मिटर उचाई भएको भू-भागसम्ममा पाइन्छ ।

परम्परागत शैलीमा अर्गेली खेती गर्ने र परम्परागत तरिकाबाटै बोक्राबाट कागज बनाउने गरेका किसानहरु जापानीज प्रबिधि प्रयोग गरेर कागज तयार गर्न थालेपछि झन उत्साहित भएको  र  मुल्य पनि पाएको फालेलुङ् गाउँपालिका -८ निवासी किसान राजकुमार जबेगुले बताउनुभयो ।

यतिबेला किसानहरुले पाँचथर जिल्लाको नाङ्गो पहाडको भिरपाखामा अर्गेली रोप्न थालेकाछन् ।एकै जनाले १५ लाखसम्मको अर्गेली बिक्री गर्न थालेपछि धेरैजसो किसानहरुको अर्गेली खेती गर्नेतर्फ ध्यान गएको फिदिम नगरपालिका- १० का कृषक लोब बहादुर थाम्सुहाङ् बताउनुहुन्छ ।जिल्लाको अधिकांश स्थानमा अर्गेली खेती हुने र यो खेती गर्ने किसानलाई सरकारले समेत अनुदान दिँदै आएको छ ।

आधुनिक प्रबिधिमा अर्गेली खेती गर्न सहयोग पाएसँगै उत्साहित भएर खेती बिस्तार गरेपछि अर्गेली उत्पादन बढेको डिभिजन वन कार्यालय पाँचथरले जनाएको छ ।तीन बर्ष अघिबाट जापान निकासी हुन थालेको अर्गेली अहिले डेढ लाख किलोभन्दा बढी निकासी हुँदा राजश्व संकलनमा समेत सहयोग पुगेको वन कार्यालयका प्रमुख दानबहादुर श्रेष्टले जानकारी दिनुभयो ।

पाँचथरमा पाइने अर्गेली जापानीज नोट “यान” बनाउन उपयुक्त भएपछि राम्रो मुल्य पाएको र बढी माग हुन थालेको स्थानीय किसानको भनाइ छ ।

यतिबेला एकै जनाले  डेढ सय रोपनीसम्ममा अर्गेली खेती लगाएको स्थानीय व्यवसायी होमराज थाम्सुहाङको भनाइ छ ।उच्च मुल्यसँगै बढी माग हुन थालेपछि जिल्लाको अधिकांश स्थानमा अर्गेली खेती गर्ने किसानको संख्या बढेको छ ।अहिले पाँचथरमा पाँचहजार परिवारले निजी र सामुदायिक वनमा गरी पचास हजार रोपनीमा अर्गेलीको खेती गर्न थालेको वन कार्यालयसँग तथ्याङ्क छ ।

 

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend