बुधबार, असार ४ २०८२

बुधबार, असार ४ २०८२

कोलकत्ताको भाग्य हैदराबादको खेलमा

कोलकत्ताको भाग्य हैदराबादको खेलमा

कात्तिक १८ काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट रोमान्चक बन्दै गैरहेको छ। लिगमा मुम्बई इन्डियन्स, दिल्ली क्यापिटल्स र रोयल च्यालेञ्जर्स बेंगलोर प्लेअफका लागि छनोट भैसकेका छन् भने प्लेअफ पुग्ने चौथो टिमको टुंगो आजको मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादबीचको खेलले लगाउनेछ। 

आजको खेलमा मुम्बईसंग हैदराबादले जित निकाल्न सके हैदराबाद प्लेअफ पुग्ने चौथो टिम बन्नेछ भने पराजित भएमा समान कोलकत्ता नाइट राइडर्स प्लेअफ पुग्नेछ। कोलकत्ता प्लेअफ पुग्न हैदराबाद पराजित हुनुपर्नेछ। आजको उसको प्लेअफ पुग्ने सम्भावना हैदाराबादको भाग्यसंग जोडिएको छ। 

पहिले-प्ले अफ खेल मुम्बई इन्डीएन्स र दिल्ली क्यापिटल्स बीच नोभेम्बर ५ तारिखमा हुनेछ जसको विजेता फाइनल पुग्नेछ। उता कोलकत्ता र हैदराबादमध्ये एक टिमले बेंगलोरको सामना गर्नुपर्ने हुन्छ। उक्त खेलमा पराजित हुने टिम प्रतियोगिताबाट बाहिरिनेछ भने बिजेता टिमले मुम्बई र दिल्लीबीचको खेलमा हार्ने टिमसंग खेल्नेछ। सो खेलको विजेता टिम फाइनल खेल्नेछ। 

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend