
कात्तिक १८ काठमाडौं – प्रमुख प्रतिपक्षि नेपाली कांग्रेसका सांसद गगन थापाले काठमाडौँका विभिन्न स्थानमा खाना खुवाउने कामलाई निरन्तरता दिन अनुरोध गरेका छन्।
सामाजिक सञ्जाल ट्वीटरमार्फत सांसद थापाले अहिलेको विषम परिस्थितिमा भोकाहरुलाई खाना खुवाउनेजस्तो परोपकारी काम गरेर शहरको इज्जत धानेको भन्दै यसमा संलग्नलाई धन्यवाद ज्ञापन गरेका छन्।
उनले लेखेका छन्, ‘जीवन निर्वाह गर्न गाह्रो भइरहेकालाई,काठमाडौँका विभिन्न स्थानमा परोपकारी मन भएकाहरुले खाना खुवाइरहनु भएको छ। विषम परिस्थितिमा यस्तो परोपकारी काम गरेर हाम्रो शहरको इज्जत धानिदिनु भएकोमा धेरै धन्यवाद। म काठमाडौँको जनप्रतिनिधि,यो पवित्र कामलाई निरन्तरता दिन संलग्न सबैमा अनुरोध गर्छु।’
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend