मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

भारतीय सेनाप्रमुख नरभाने विशेष विमानमार्फत केहीबेरमा काठमाडौँ आउँदै

भारतीय सेनाप्रमुख नरभाने विशेष विमानमार्फत केहीबेरमा काठमाडौँ आउँदै

कात्तिक १९ काठमाडौं – भारतीय सेनाप्रमुख मनोजमुकुन्द नरभाने आज नेपाल आउँदै छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपाल आउन लागेका नरभाने ११ बजे विशेष विमानमार्फत काठमाडौँ उत्रने छन्।

नरभानेसंगै उनकी श्रीमतीसहित ४ सदस्यीय टोली दिउँसो काठमाण्डौ आइपुग्ने कार्यक्रम छ। उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानार्थ सेनाध्यक्षको उपाधि ग्रहण गर्ने छन् । भण्डारीले नरभानेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह, खड्ग चिन्ह र प्रमाणपत्र प्रदान गर्नेछिन। 

नेपाल र भारतबीच एकअर्का देशका सेना प्रमुखलाई मानार्थ प्रधानसेनापतिको दर्जाबाट सम्मान गर्ने परम्परा रहँदै आएको छ । 

नेपाल–भारत सीमा विवादबारे विवादास्पद अभिव्यक्ति दिएका नरभानेको नेपाल भ्रमणलाई लक्षित गरेर सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाईएको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend