
कात्तिक १९ काठमाडौं – भारतीय सेनाप्रमुख मनोज मुकुन्द नरवणे काठमाडौं ओर्लिएका छन्। विशेष विमानमार्फत उनि त्रिभुवन विमानस्थल ओर्लिएका हुन्।
विमानस्थलबाट नरभानेलाई सोल्टी होटल लगिएको छ।
नरवणेको नेपाल आगमनको समाचार संकलन गर्न विमानस्थल पुगेका सञ्चारकर्मी लाई प्रवेशमा रोक लगाइएको छ। सञ्चारकर्मीहरुलाई जान नमिल्ने भन्दै प्रहरीले रोक लगाएको हो।
नरवणेसंगै उनकी श्रीमतीसहित ४ सदस्यीय टोली दिउँसो काठमाण्डौ आइपुगेका हुन्। उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानार्थ सेनाध्यक्षको उपाधि ग्रहण गर्ने छन् । भण्डारीले नरभानेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह, खड्ग चिन्ह र प्रमाणपत्र प्रदान गर्नेछिन।
नेपाल र भारतबीच एकअर्का देशका सेना प्रमुखलाई मानार्थ प्रधानसेनापतिको दर्जाबाट सम्मान गर्ने परम्परा रहँदै आएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend