
कात्तिक १९ काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले आफूले राजीनामा नदिने बताएका छन्। बुधबार मनमोहन सेन्टरमा एनेक्स भवनको उद्घाटनपछि बोल्दै प्रधानमन्त्री ओलीले देशका लागि अहिलेको अवस्थामा आफ़ुले राजिनामा नदिने बताएका हुन्।
‘सञ्चार माध्यममा हल्ला आउँछ राजीनामा दिन पस्यो। तर, तपाईँहरु बिचार गर्नुस् के अहिले मैले राजीनामा दिन हुन्छ? राजीनामा दिन मिल्छ?,’ उनले प्रश्न गर्दै अगाडि भने, ‘मेरो लागि होइन, देशको लागि हो। मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो। त्यसकारण म राजीनामा दिनेवाला छैन।’ प्रधानमन्त्री ओलीको भनाई थियो।
केहीले राजीनामा मागिरहेको आफुले सुनेको कसैले माग्दैमा आफुले राजिनामा नदिने ओलीले बताए।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend