मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली बंगलादेश प्रस्थान

मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली बंगलादेश प्रस्थान

कात्तिक २० काठमाडौं – मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली बंगलादेश प्रस्थान गरेको छ।  नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ। 

नेपाली टोलीको नेतृत्व गोलकिपर किरण चेम्जोङ्गले गर्नेछन। लामो समयपछि मैदान फर्किएको नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि बंगलादेश जाँदैगर्दा निकै उत्साहित देखिएको छ । 

नेपाली टोलीमा दिलेन लोक्ताम, पुजन उपरकोटी, सेसेहाङ आङदेम्बे, विकास खवास, एरिक विष्ट, दर्शन गुरुङ, दीप कार्की र छिरिङ गुरुङ पहिलो पटक परेका छन्। 

नेपालले कात्तिक २८ र मंसिर २ गते बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend